बैशाख २७, २०८१, बिहीबार
               

ओलीभन्दा ओली प्रवृत्तिविरुद्धका शक्तिसँग सहकार्य सहज छ : नेपाल

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताभन्दा ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । 

पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले बालुवा पेलेर तेल निकाल्नु र ओलीसँग एकता हुन्छ भन्नु एकै हुने बताउँदै सो बताएका हुन् । 

‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन, कुनै भ्रममा नपर्नुस्,’ केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ नभएको बताउँदै अध्यक्ष नेपालले भने, ‘बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् र मुर्ख बनाएर पठाइयो भन्छन् । तपाईंहरु यस्ता कुराको भ्रममा नपर्नुस् ।’

स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पहिलो व्यक्ति बामदेव गौतम केपीलाई सुधार्ने कोसिसमा लागेको बताउँदै  उनले सो कोसिस व्यर्थ हुने बताए ।

यो पनि