जेठ ०२, २०८१, बुधबार
               

सहकार्यका लागि जसपालाई दाहाल-नेपालको प्रस्ताव

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्ष र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको छ । 

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा परिवर्तित राजनीतिक विषयलाई लिएर जसपा र दाहाल-नेपाल नेकपाबीच छलफल भएको हो । छलफलमा सहभागी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दाहाल-नेपालले आगामी दिनमा सहकार्य गरेर जान प्रस्ताव गरेको बताए । छलफलमा आफूले प्रचण्ड–माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्न आग्रह गरेको महतोले बताए । 

उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो। हामीले के जिज्ञासा राख्यौं भने तपाईँको कुन पार्टी हो? पार्टी सिस्टममा पार्टी चाहि । त्यो के हो? अलमलमा पर्‍यो त्यो प्रष्ट हुनुस् र तपाँईहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौँ।’ आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए।

जसपा नेताहरुले पटक-पटक आफूहरुले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएको बताउँदै उनले आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने भनी जवाफ दिएको बताए । सो क्रमममा उनले आफूहरुले पार्टीका सांसद रेशम चौधरीलगायत नेताको रिहाइका लागि संघर्ष गरिरहने बताए । 

‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरी लगायतले अहिलेपनि बन्दी जीवन विताइरहेका छन्। यी सबालहरु छन्। यी समस्याहरु छन्,’ वरिष्ठ नेता महतोले भने, ‘त्यसैले आगामी दिनमा हामी यी सबालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौँ र आगामी दिनमा पनि उठ्नेछौँ र यसका लागि संघर्ष गर्छौँ। संविधानमा रहेका त्रुटिहरु, कमिकमजोरी र बन्दी रिहाइका सबालहरुसमेत जुनसुकै सरकार बने पनि त्यसको अगाडि संघर्ष गर्ने हो। विगतमा पनि संघर्ष गरेको हो। आगामी दिनमा पनि संघर्ष गर्ने हो। यही कुरा भन्यौँ।’

मंगलबार सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेसँगै दाहाल-नेपाल सत्ता समिकरणका लागि सक्रिय छन् । 

यो पनि