चैत १५, २०८०, बिहीबार
               

केपी ओलीलाई सत्तामा रहन एक सेकेण्ड पनि अधिकार छैन : वरिष्ठ नेता पौडेल

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

धनुषा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । 

नेपाली कांग्रेस धनुषाद्वारा बुधबार जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान अनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको बताए ।

‘म न्यायमूर्तिलाई धन्यवाद दिन्छु, सर्वोच्चको फैसलाबाट देश अनिर्णयको बन्दी हुनबाट जोगिएको छ’, उनले भने, ‘यो निर्णय नआएको भए नेपालमा जेपनि गर्न पाइने एउटा नजीर खडा भई विश्वसामु न्याय कानून नभएको देशको नामले गलत पहिचान सावित हुने थियो, यस खतराबाट देशले मुक्ति पाएको छ ।’

वरिष्ठ नेता पौडेलले न्यायालयले संविधानसम्मत ढङ्गबाट लिएको निर्णयले तानाशाह प्रवृत्तिको अन्त्य भएको बताउँदै अब केपी शर्मा ओलीलाई सत्तामा एक सेकेण्ड पनि रहने नैतिक अधिकार नभएकाले प्रधानमन्त्रीबाट तुरुन्त राजीनामा दिनुपर्ने उल्लेख गरे । 

उनले पार्टी विधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक सङ्गठन विस्तारसँगै देश जोगाउनेदेखि प्राप्त उपलब्धिको रक्षासमेतको भूमिका खेल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिए । 

यो पनि