बैशाख २७, २०८१, बिहीबार
               

प्रदेश प्रमुख राईलाई  प्रदेशसभा भंग गरेर देखाउन आचार्यको चेतानवी

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेश प्रमुख शेरधन राईलाई प्रदेशसभा भंग गरेर देखाउन चेतानवी दिएका छन् ।

राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता चाचार्यले मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भंग गर्न नसक्ने बताउँदै मुख्यमन्त्रीसँग तागत भए प्रदेशसभा भंग गरेर देखाउन चेतावनी दिएका हुन् । 

सो क्रममा चाचार्यले दुई महिनाको अवधिमा मुख्यमन्त्री राईले सभामुख, उपसभामुख र सांसदलाई धम्क्याउने काम गरेको आरोप पनि लगाए । 

‘सुरुमा अविश्वासको प्रस्ताव सामना गर्छु भन्नुभयो । त्यसपछि धम्क्याउने काम सुरु भयो । तर, पार नलागेपछि भंग गर्ने चेतावनी दिन थाल्नुभएको छ,’ आचार्यले भने ।

अल्पमतमा परेका मुख्यमन्त्री राई दुई महिनादेखि संसदबाट भागिरहेको उनको आरोप छ । तर, अब धेरै भाग्न नसक्ने उनले बताउँदै उनले अविश्वासको प्रस्तावको पक्षमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतले पनि साथ दिने बताए ।

यो पनि