जेठ ०२, २०८१, बुधबार
               

केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन अध्यक्षद्वय दाहाल-नेपालको निर्देशन

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय दाहाल-नेपालले केन्द्रीय सदस्यलाई जुनसुकै अवस्थामा निर्णय लिनुपर्ने भएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा दाहाल- नेपालले आफूनिकट केन्द्रीय सदस्यलाई सो निर्देशन दिएका हुन् । 

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएको नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

‘यो अवधिमा संसद् विघटनको निर्णय प्रतिगमन हो भन्ने सिद्ध भएको छ । नागरिक समाज, बौद्धिक, बुद्धिजीवी, पूर्वप्रधानन्यायाधीहरु, पेसाकर्मी, आमसञ्चारमाध्यमलगायतले सरकारको कदमलाई प्रतिगमन भनिसकेको छ’, श्रेष्ठले भने । 

यो पनि

 


कस्तो लाग्यो ?

यो पनि