बैशाख २३, २०८१, आइतबार
               

दुइतिहाइ हुँदाहुँदै मान्यता पाएनौँ भने चुप लागेर बस्दैनौँ: अध्यक्ष नेपाल

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल-नेपाल नेकपा समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाबाट केपी ओली टुक्रेर बाहिरिएपछि कम्युनिस्ट आन्दोलनभित्रको घाँडो समाप्त भएको बताएका छन् ।

घाँडो पन्छिएपछि सबै नेता कार्यकर्ताले खुसी प्रकट गरेको उनको भनाइ छ । आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुईतिहाइ सदस्य हुँदा पनि निर्वाचन आयोगले आधिकारिकता नदिए आफूहरु चुप लागेर नबस्ने नेता नेपालले बताए ।

‘हामीसँग दुइतिहाइ छ । यति हुँदा पनि हामीले मान्यता पाएनौँ भने भने चुप लागेर बस्दैनौँ,’ अध्यक्ष नेपालले भने, ‘जस्तोसुकै आन्दोलन गर्नुपरे पनि गर्न तयार छौँ ।’

त्यसैगरी, अध्यक्ष नेपालले ओली साम, दाम दण्ड भेद सबै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लीन रहेको आरोप लगाएका छन् । 

‘ओलीले अझै विभिन्न किसिमका भ्रमहरु छरिरहेका छन् । पूर्वएमालेहरु मिल्नुपर्छ । यति मानिस यता आए भनेर व्यापक भ्रम फिजाइरहेका छन् । त्यो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरुलाई आग्रह गर्छु,’ नेता नेपालले भने, ‘यो विचारको लडइँ हो ।’

यो पनि