काठमाडौं । बुटवलमा नेकपा विप्लव समूहमा आबद्ध कार्यकर्ताको आशंकामा एक जना पक्राउ परेका छन् । बिहीबार बुटवलमा रणनैतिक संयुक्त मोर्चाको जनसभामा सहभागी हुन पुगेका उनलाई प्रहरीलले पक्राउ गरेको हो। पक्राउ परेकाको विवरण भने अहिले खुलाइएको छैन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विप्लव समूहका कार्यकर्ताको आशंकामा नियन्त्रणमा लिएको हो । प्रहरीले उनी विप्लव समूहका केन्द्रीय सदस्य भएको अनुमान गरेको छ । यद्यपि उनीबारे पूरा विवरण आउन बाँकी छ ।