जेठ ०८, २०८१, मंगलबार
               

वरिष्ठ नेता पौडेलको सभापति देउवालाई चेतावनी

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई जनतालाई भ्रममा नपार्न चेतावनी दिएका छन् ।

पौडेलभन्दा अघि आफ्नो धारणा राखेका सभापति देउवाले आन्दोलनका लागि कांग्रेससँग पैसा नभएको, र जबरजस्ती बोलाउन नसक्ने बताएका थिए । सोको जवाफमा नेता पौडेलले सभापति देउवालई सो चेतावनी दिएका हुन् ।

कांग्रेस सभापति चुनावको पक्षमा छन् भने वरिष्ठ नेता पौडेल संसद् पुनर्स्थापनाको पक्षमा छन् ।  

सभालाई संबोधन गर्ने क्रममा सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर् भनेर आन्दोलन नगर्ने, पुनस्थार्पना वा चुनाव जे फैसला भए पनि आफूले स्वीकार गर्ने बताएका थिए ।

पौडेलले पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाहीको संज्ञा दिँदै तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए ।

‘त्यही कर्तव्यलाई बुझेर कांग्रेसले देशभर र्‍याली गरको छ । सभापतिले पनि सभा गर्नुभएको छ । लोकतन्त्रको रक्षाका लागि विरोधमा उत्रिनुभएको छ,’ सभापति शेरबहादुर देउवातर्फ इंगित गर्दै पौडेलले भने, ‘अनि यो पार्टीका नेताहरुले जनतालाई कन्फ्युजमा पार्ने कुरा बोलेर हिँड्ने ? जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?’

संविधान र लोकतन्त्र बच्यो भने मात्र चुनावको अर्थ हुने बताउँदै नेता पौडेलले किन चुनाव चुनाव भन्ने चुनाव त पञ्चायतको बेलामा पनि भएको बताए । 

 

यो पनि