जेठ ०९, २०८१, बुधबार
               

आन्दोलन गर्न कांग्रेससँग पैसा छैन :सभापति देउवा

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको बताएका छन् । बिहीबार नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा देउवाले सो बताएका हुन् । 

‘अदालतले पुनर्स्थापना गर् भन्यो भने स्वीकार गर्छौं । चुनाव गर् भन्यो भने पनि स्वीकार गर्छौं,’ देउवाले भने, आन्दोलन गर्न हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौँ ।’

हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुवीकरणतर्फ लगेको आरोप लगाउँदै देउवाले देश संसद् पुनर्स्थापनाको पक्ष र विपक्षमा बाँडिएको बताए । अहिले संसद्  पुनर्स्थापनाको पक्ष र विपक्षमा लाग्नुभन्दा पनि सर्वोच्चको फैसला कुर्नुपर्नेमा उनको जोड छ । 

जुलुस निकालेर अदालतलाई यसो गर्, उसो गर् भनेर भन्न नहुने भन्दै देउवाले जुलुस हेरेर फैसला गर्ने अवस्था आए पनि कांग्रेसले जुलुस निकाल्न नसक्ने बताए ।

यो पनि