जेठ ०९, २०८१, बुधबार
               

संसद् विघटनविरुद्ध ऐक्यबद्धता जनाउँदै भोलिकाे प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि गर्ने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

देउवाले वक्तव्य जारी गर्दै संसद् विघटनको कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका हुन्, “केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु ।”

“संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ,” देउवाले वक्तव्यमा भनेका छन्, “पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।”

यो पनि