मंसिर ०७, २०८१, शुक्रबार
               

‘प्रचण्डले माधवको ढाडमा चढेर प्रधानमन्त्रीको टाउकोमा हिर्काउन खोजे’

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल-नेपाल नेतृत्वको नेकपालाई रोल्पा र रुकुममा चुनाव जितेर देखाउन चेतावनी दिएका छन् । 

जनयुद्धको थलोको रुपमा  रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर देखाउन दाहाल–नेपाल नेतृत्व नेकपालाई मुख्यमन्त्री पोखरेलले चेतावनी दिएका हुन् । 

‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाह्यो त्यही  हुने थलोको रुपमा चित्रण ग रिन्छ । तर, आउने चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदै छ, नेता पोखरेलले भने, ‘प्रचण्ड-माधवले नेतृत्व गरेको नेकपाले गरेको आन्दोलनले हित गर्न सक्दैन भन्नेकुरा हामी रोल्पा र रुकुमको माध्यमबाट प्रमाणित गर्न चाहन्छौँ ।’

पुष्पकमल दाहालले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजे पछि भुइँमा पछारिएको बताए । पोखरेलले दाहाल–नेपाल पक्ष चुनावबाट भागेको आरोप लगाउँदै दाहाललाई जनयुद्धका कमाण्डरहरुको पनि साथ नरहेको बताए । नेता पोखरेलले प्रचण्ड-नेपाल जनताबाट डराएर चुनावबाट भाग्नका लागि बाहनाबाजीमा लागेको सो क्रममा बताए । 

प्रचण्डले यसअघि धेरैको ढाडमा चढेर टाउकोमा हिर्काएको कुरा इतिहास भएको बताउँदै नेता पोखरेलले अहिले माधवको ढाडमा चढेर प्रधानमन्त्रीको टाउकोमा हिर्काउन खोजेको बताए । 

‘आज सडकमा पछारिनुभएको छ । बिलौनाका गीतहरु गाउँदै हुनुहुन्छ र अब एमालेभित्रको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्ड जनताको जनमतको भीख माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ,’ उनले भने, ‘अब कमरेड प्रचण्डका साथमा हिजोका जनयुद्धका कमाण्डरहरुले साथ छोड्दै हुनुहुन्छ ।’ 


कस्तो लाग्यो ?

यो पनि