जेठ ०५, २०८१, शनिबार
               

आयोगले ओली नेतृत्व नेकपालाई नै आधिकारिकता दिन्छ : थापा

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको नेकपालाई नै आधिकारिकता  दिने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले आयोगले कानुनअनुसार आफूहरुलाई नै आधिकारिकता दिने बताएका हुन् । आयोगको निर्णयसँगै प्रचण्ड समूहले बितण्डा मच्चाउने उनको भनाइ छ ।

‘प्रचण्ड र माधव नेपाल कि त पार्टीमा फर्कनुपर्ने कि त अर्को पार्टी खोल्नुपर्छ । सर्वोच्च अदालत र निर्वाचन आयोगलाई कसैले धम्क्याउने या दबाब दिन मिल्दैन,’ सो क्रममा उनले भने ।

यसका अलावा उनले बैतडीमा भएको भागिरथी भट्टको बलात्कारपछिको हत्याको भर्त्सना गर्दै दोषी पत्ता लगाई कारबाही हुनुपर्ने बताए ।

यो पनि