बैशाख २४, २०८१, सोमबार
               

दीर्घकालीन र दूरदर्शी लक्ष्यका केपी समूहमा लागेको मन्त्री रायमाझीको भनाइ

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले आफू नेकपाको दाहाल–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी मन्त्री रायमाझी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन र दूरदर्शी लक्ष्यका पक्षमा रहेका स्पष्ट गरिएको छ । 

विज्ञप्तिमा पदबिना एकछिन पनि बस्न नसक्ने केही नेताहरूको गलत प्रचारको अलमलमा नगरी पार्टीलाई एकताबद्ध, जनमुखी र लोकप्रिय बनाउँदै विकास र समृद्धिमा केन्द्रित हुन आग्रह गरिएको छ ।

यो पनि