जेठ ०५, २०८१, शनिबार
               

पशुपतिले असल प्रवृतिका मान्छेलाई मात्र रक्षा गर्छन् : नेपाल

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कमुनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओलीले पशुपतिनाथमा लाखबत्ति बालेकाे विषयप्रति व्यंग्य गरेका छन् । 

संसद् विघटनको विरोधमा बुधबार भएको प्रदर्शनलाई संबोधन गर्ने क्रममा नेपालले सो कुरा बताएका हुन् । 

सो क्रममा नेपालले संसद् विघटनविरुद्धमा भएका देशभरकाे विरोधसभाकाे माहाेल र सनसागर केपी ओलीले नदेखेकाे बताएका छन्  । लाखौँलाख जनताकाे भावना ओलीले नबुझेकाे बताएका हुन् । उनले भने, 'केपी जी, तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुभएकाे थियो । त्यो पनि बिर्सेर अहिले पशुपतिनाथकाे मन्त्र जप्न थाल्नुभएकाे छ । तर, पशुपतिनाथले कसलाई माया गर्छ ? जो असल छ, राम्राे प्रवृतिकाे मान्छे छ, उसलाई रक्षा गर्छ । लोकतन्त्रकाे हत्या गर्ने हत्यारालाई रक्षा गर्दैन, चेतना भया ।'

उनले ओलीले संविधानकाे बलात्कार गरेकाे आरोप लगाउँदै संविधानकाे बलात्कार गर्नेलाई रक्षा गर्दैन भन्दै व्यंग्य गरेका हुन् । साथै, केपी ओलीकाे कुनै पनि भनाइमा दम नभएकाे बताउँदै उनले निर्वाचन आयोगलाई धम्क्याउन नहुने बताएका छन्  । आधिकारिकताकाे विवादकाे बहसमा निर्वाचन आयोगलाई धम्क्याएकाे भन्दै नेपालले आपत्ति जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि