बैशाख २४, २०८१, सोमबार
               

ओलीप्रति व्यंग्य गर्दै खनालले भने, खुट्टी हेरेरै पत्याइयो

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुई वर्षपछि हुने चुनावमा केपी शर्मा ओलीको जमानत मात्र जफत हुने बताएका छन् ।

काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै खनालले सो कुरा बताएका हुन् । ‘ओलीले चुनाव गराउँछु भन्नु ‘खुट्टी हेरेरै पत्याइयो,’  भँगेरकाको कथा सुनाउँदै खनालले भने, ‘मिस्टर केपी ओली तपाईंको खुट्टी देखेरै पत्यायौँ, दुई वर्षपछि चुनाव हुन्छ, त्यो चुनावमा केपी ओलीको जमानत जफत हुन्छ।

संबोधनका क्रममा उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा जवाफ फर्काए । 

त्यस्तै, खनालले आन्दोलनको आवाज सुनिएन भने ६२/६३ सालको भन्दा ठूलो आगो दन्कने बताउँदै उनले निर्वाचन आयोग कुन पार्टी आधिकारिक भएको भन्नेमा अलमल नपर्न आग्रह गरे ।

‘कुन चाहिँ पार्टी आधिकारिक होला भनेर अहिले निर्वाचन आयोगलाई पनि सकस परेको छ तर, हाम्रा सम्मानित आयुक्तहरु अल्मलिने कारण केही छैन, आउनुस्, काठमाडौंका सारा सडकमा हाम्रो पार्टी पोखिएको छ,’ उनले भने, ‘योभन्दा कुनै पनि पार्टी नेपालमा आधिकारिक हुन सक्दैन ।’

उनले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित भइसकेको आरोप लगाए । उनले केपी ओलीलाई आफ्नो भविष्यतर्फ विश्वास नरहेको बरु पशुपतिनाथमाथि विश्वास भएको आरोप लगाए ।

नेता खनालले ओलीलाई आफ्नो सभा हेर्न निमन्त्रणासमेत गरेका छन् । खनालले माघ २३ गते नारायणहिटी अगाडि भएको आफ्नो सभालाई कास्टिङ भन्दै दाहाल नेपाल समूहलाई व्यंग्य गरेको प्रति कटाक्ष गर्दै आज प्रदर्शनी मार्गमा भएको सभामा आउन भनेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि