बैशाख १३, २०८१, बिहीबार
               

प्रधानमन्त्रीले संविधानका अक्षरमा कालो मसी दलेर फाँसीवाद लाद्न खोजे : नारायणकाजी

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका अक्षरमा कालो मसी दलेर फाँसीवाद लाद्न खोजेको बताए । 

बुधबार नेकपा दाहाल-समूहले काठमाडौंमा भएको संबोधनका क्रममा उनले सो बताएका हुन् । ‘विश्वमा संविधानलाई च्यातेर र विकासको नारा दिए र संविधान र लोकतन्त्रलाई उपहास गरेर वा संविधानका अक्षरमा कालो मसी दलेर  फाँसीवादको उदय भएको छ,’ उनले भने, ’केपी ओलीले संविधानका अक्षरमा कालो मसी दलेर फाँसीवाद  सुरु गरेका छन् ।’

प्रतिनिधिसभा पुनर्स्थापित भएमा भनसुन प्रणालीको अन्त्य गर्ने बताए । उनले भने, ‘हामी राइट मेन राइट प्लेस कार्यान्वयन गर्नेछौँ ।’ त्यस्तै, उनले आदिवासी, जनजाति, लैंगिकलगायत सबै पक्षलाई व्यावाहारिक समानुपातिक प्रणाली कार्यान्वयन गर्नेछौँ । सो क्रममा उनले स्वास्थ्य शिक्षालगायतमा आमपरिवर्तन गर्ने बताए । 

आफूहरू संयुक्त संघर्षको कुरा भइरहेको बताउँदै उनले एकै ठाउँमा नभए पनि सबै प्रधानमन्त्रीको कदमविरुद्ध सबै आ-आफ्नो तरिकाले आन्दोलनमा रहेको बताए । जसका कारण आफूहरूमा सफल हुने विश्वस्त रहेको बताए । 

आफूहरुले बनाएको घोषणापत्रका आधारमा जनाताले भोट दिएको बताउँदै गलत मान्छेलाई नेतृत्वमा पुर्‍याएको बताउँदै उनले घोषणापत्रअनुरुप काम गर्न नसके बताउँदै उनले माफी मागे । सो क्रममा नारायणकाजी श्रेष्ठले आन्दोलनको मुख्य उद्देश्य संसद् विघटन, असंवैधानिक नियुक्ति रहेको बताए । 

संघीय लोकतन्त्रको रक्षाको गर्नु आफ्नो कर्तव्य भएको बताउँदै उनले ६ दशकभन्दा बढी संघर्षबाट प्राप्त संविधानबाट समाजवादको अपेक्षा गरे पनि सोअनुरुप हुन नसकेका कारण आफूहरूले संघर्ष गर्नु परेको बताए ।

यो पनि