जेठ ०६, २०८१, आइतबार
               

पूर्वसांसद गङ्गादत्त जोशीको हृदयाघातका कारण मृत्यु

रासस
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वसांसद गङ्गादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ ।

केही दिनअघि आँखाको शल्यक्रिया गराएका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो । 

'नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उनलाई घर नजिकै हृदयाघात भयो, 'कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भने, ' उनलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

उनको शव महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने जोशीले बताए । वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापबाट पीडित थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि