चैत १५, २०८०, बिहीबार
               

ओलीको सभामा सोफाको विरोध भएपछि प्रचण्ड-माधवले रोजे कुर्सी !

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाले काठमाडौंमा गरेको प्रदर्शनमा हाइप्रोफाइलका लागि रातो कार्पेट र सोफा राखिएको सर्वत्र विरोध भएपछि आज प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले नेताहरूका लागि कुर्सीको व्यवस्था गरेको छ ।

राजधानीको भृकुटीमण्डपमा केही समयपछि हुने सभाका लागि मानिस जम्मा हुने क्रम जारी छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

माघ २३ गते काठमाडौंमा ओलीले गरेको सभामा हाइप्रोफाइलका लागि सोफा र रातो कार्पेट राखिएको थियो । त्यसको सर्वत्र आलोचना भएपछि प्रचण्ड र नेपाल समूहले आफ्नो सभामा सो गल्ती हुन नदिएको हो । यसअघिको सभामा भने त्यो समूहले हाइप्रोफाइल नेताका लागि सोफाको व्यवस्था गरेको थियो । 

आमसभाका लागि जिल्ला जिल्लाबाट ठुलो संख्यामा मानिस ल्याइएको छ । 

 

यो पनि