जेठ ०६, २०८१, आइतबार
               

नेकपा प्रचण्ड–माधव समूहले गर्‍यो काठमाडौंमा मार्चपास

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव (नेकपा) समूहले काठमाडौंमा मार्चपास गरेको छ । बुधबार काठमाडौंमा हुने जनप्रदर्शनको अघिल्लो दिन सो समूहले काठमाडौंमा मार्चपास गरेको हो । मार्चपासमा सहभागी युवाले रातो क्याप लगाएका छन् । 

यसअघि माघ २३ मा केपी समूहले काठमाडौको प्रदर्शनलाई सुरक्षा दिन भन्दै महेश बस्नेतको नेतृत्वमा प्रचण्ड-माधव समूहको आमहड्तालका बाबजुत मार्चपास गरेको थियो ।          

पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि सोको विरोध गर्दै नेकपा कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल समूह प्रधानमन्त्रीको संसद् विघटनविरुद्ध आन्दोलित छ ।

त्यसयता दुवै पक्षले आफू नै अब्बल भन्ने प्रमाणितका लागि देशभर प्रदर्शन र एकअर्काविरुद्ध आरोपप्रत्यारोप गर्दै आएका छन् । तर, दुवै समूह कानुनी रुपमा एउटै पार्टीका नेता तथा कार्यकर्ता हुन् । अहिले दुवैले पार्टीको नाम र चुनाव चिन्ह एउटै दाबी गर्दै आएका छन् । जसका लागि निर्वाचन आयोगले पत्र काटेर दुवै पक्षलाई  छलफलका लागि बोलाएको थियो । तर, अहिलेसम्म छलफलका दुवै पक्ष एकसाथ आयोग पुगेका छैनन् । 

नेकपा दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनलाई प्रधानमन्त्रीको असंवैधानिक तथा प्रतिगामी कदमको संज्ञा दिँदै आएको छ ।

यो पनि