जेठ ०६, २०८१, आइतबार
               

प्रतिनिधिसभा ६ महिनाअघि नै विघटन हुनुपर्थ्यो : अधिवक्ता अधिकारी

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । अधिवक्ता मुकुन्द अधिकारीले प्रतिनिधिसभा विघटन ६ महिनाअगाडि नै विघटन हुनुपर्ने बताएका छन् ।

पुस ५मा प्रतिनिधिसभा विघटन भएसँगै परेका रिटमाथि सुनुवाइका क्रममा सोमबार प्रधानमन्त्रीको तर्फबाट बहस गरेका अधिकारीले सो बताएका हुन् । उनले भने, ‘यो संसद् ६ महिनाअगाडि नै विघटन हुनुपर्थ्यो ।’ 

उनले संसद्‌ले काम गर्न नसकेको भन्दै विघटन गर्न ढिला भएको बताए । त्यस्तै उनले संविधानमा प्रतिनिधिसभा पाँच वर्षसम्म विघटन हुन सक्दैन भनेर नलेखेको भन्दै विघटन संविधानअनुसारै भएको पनि दाबी गरे ।


कस्तो लाग्यो ?

यो पनि