बैशाख २४, २०८१, सोमबार
               

माघ २३ को प्रदर्शनसभामा २५/३० हजारभन्दा बढी मानिस आएनन् : अध्यक्ष नेपाल

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–नेपाल (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली समूह नेकपाले काठमाडौंमा माघ २३ मा गरेको प्रदर्शनसभामा २५/३० हजारभन्दा बढी मानिस नआएको बताएका छन् । 

ओली समूहले माघ २३ मा काठमाडौंमा भएको भेलामा दुई लाखभन्दा बढी जनसहभागिता रहेको बताइरहेका बेला अध्यक्ष नेपालले एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम परिषद् बैठकलाई संबोधन गर्ने क्रममा सो बताएका हुन् । 

‘पञ्चर्‍यालीमा स्याल हुइँय्या देखियो । मानिसहरू नआएपछि उनीहरू निराश भएर बसेका छन् । २५/३० हजार सहभागी भए । किन ल्याइनस् भन्दै गालीगलौज गरेर बसेका छन्,’ नेपालले भने, ‘नेकपाका चार सय ४१ मध्ये तीन सय सदस्य हामीसँग छन् । हामी आधिकारिक नेकपा हौँ । ओलीले नयाँ पार्टी खोल्न सक्छन् । नाम नेकपा ओली गुट खोले हुन्छ । अझ राम्रो नाम त ओली महासंघ बनाए हुन्छ ।’

त्यसैगरी, उनले सूर्य आफूसित आउने बताउँदै नेपालले भने, ‘सूर्य चिह्न यहीँ आउँछ । यो मूल पार्टीलाई कसैले माइनस गरेर चुनाव गर्छु भन्ने नठाने हुन्छ ।’ यसका अलवा उनले आन्दोलनलाई प्रभावकारी बनाउने श्वेतपत्र जारी गर्नेबारे सोचिरहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि