बैशाख २३, २०८१, आइतबार
               

अध्यक्षद्वय दाहाल-नेपालले संयुक्त भिडियो जारी गर्दै भने: हामी आत्मालोचित छौँ

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आत्मआलोचना गरेका छन् । आइतबार एक भिडियो सन्देश जारी गरी उनीहरुले विगतका कमी-कमजोरीप्रति माफी माग्दै आत्मआलोचना गरेका हुन् । 

माघ २८ गतेको जनप्रदर्शनमा सहभागिताका लागि आह्वान गर्दै उनीहरुले आइतबार विगतका कमी-कमजोरीप्रति माफी मागे  ।

‘हामी विगतका भएका आफ्ना कमी-कमजोरीहरूको आत्मसमीक्षा गर्छौं । हुन गएका कमी-कमजोरीहरू सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्छौं,’ अध्यक्ष प्रचण्ड र नेता नेपालले संयुक्त रूपमा जारी गरेको भिडियो सन्देशमा भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि