बैशाख १७, २०८१, सोमबार
               

ओलीका अगाडि अरु नेता लुते र कामजोर छन् : नेता बस्नेत

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा भारतको कुनाकुनामा हुने गरेको बताएका छन् । 

आइतबार ललितपुरमा भएको भेलालाई संबोधनका क्रममा उनले प्रधानमन्त्री ओली लिएको अडानका कारण भारतको कुना–कुनामा ओलीको चर्चा भएको बताएका हुन् । 

ओलीका कारण नेपालको मान, शान र गौरव बढेको बताउँदै बस्नेतले ओलीका अगाडि अरू नेता कमजोर र लुते साबित भएको दाबी गरे । 

त्यसैगरी, उनले माधव नेपाल, घनश्याम भुसाल र योगेश भट्टराईले समेत ओलीलाई राजनेता मानेको बताए ।‘आज हामीले गौरव गर्छौँ केपी ओलीका कारण अन्तर्राष्ट्रिय रूपमा नेपालको मान, शान र गौरव बढेको छ । ओलीलाई खोज्न विदेशी मिडिया नेपालमा आउन थालेको छ । आज इन्डियाको कुना–कुनामा गएर सोध्यो नेपालका प्रधानमन्त्री को हो भन्यो भने केपी ओली भन्छन् । इन्डियाको कुना–कुनामा ओलीको चर्चा हुन्छ । ओलीलाई चीनले साथ दिएको छ, सी नेपाल आउनुभयो । भारतीय प्रधानमन्त्री नेपालको भ्रमणमा आउनुभयो,’ बस्नेतले भने ।

सोही क्रममा उनले सेनाका बख्तरबन्द गाडी नियमित अभ्यासमा निस्किएको बताए ।


कस्तो लाग्यो ?

यो पनि