बैशाख २१, २०८१, शुक्रबार
               

यसकारण मैले एमसिसीविरुद्धको नारा रोकेँ : प्रचण्ड

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको बताएका छन्।

यसैकारण आफूले हिजो (बिहीबार) आयोजित आमहतडतालमा एमसिसीविरुद्धका नारा लगाउन रोकेको उनले जानकारी दिए ।

आज (शुक्रबार) बिहान लालितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भने, ‘एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिएको छैन ।’

उनले भने, ‘यो बेला प्रतिगमनविरुद्धको नारामा फोकस नभएर दशथरीको नारा लगाउनुभन्दा एउटै विषयमा फोकस हौं भनेको हो, त्यसले आन्दोलन प्रहारको निशाना कमजोर हुन्छ भनेर मैले रोकें।’

एमसिसीविरुद्धको नारा केन्द्रीय संघर्ष समितिको नारा नभएको समेत उनले बताए ।

‘मलाई को घुस्यो भन्नेजस्तो पर्‍यो । म एमसिसीको विरुद्ध गएको छैन । प्रचण्डले भने, बरु मैले अमेरिकी राजदूतलाइ पनि यो संशोधन हुन सक्छ कि सक्तैन भनेर सोधेको थिएँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘गुन्डाराज’ विरुद्ध जनताले स्वतःस्फूर्त रूपमा बिहीबारको आमहड्ताल गराएको प्रचण्डको दाबी छ ।

यो पनि