जेठ ०४, २०८१, शुक्रबार
               

स्कुटर चढेर माधव नेपालले गरे बन्दको निरीक्षण

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन् ।

आज (बिहीबार) बिहान अध्यक्ष नेपाल आफ्नो निवास (कोटेश्वर) बाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर आमहड्ताल निरीक्षणमा निस्किएका हुन् । 

अध्यक्ष नेपाल उपत्यकाका विभिन्न स्थानमा भएको प्रदर्शनको निरीक्षण गरेको नेकपा पार्टी कार्यालयका उपसचिव मोहन गौतमले जानकारी दिए ।

अध्यक्ष नेपालले कोटेश्वर र सातदोबाटोमा भइरहेको प्रदर्शनको निरीक्षण गरेका हुन् ।

आमहड्तालकै क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान पुल्चोकमा धर्ना बसेका थिए ।

धर्नापछि कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले फागुनको पहिलो साताबाट संयुक्त संघर्ष हुने र ओली सरकारलाई ढाल्ने उद्घोष गरेका थिए ।

सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल गरेको हो ।

यो पनि