बैशाख २४, २०८१, सोमबार
               

जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ : भट्टराई

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् । 

जसपाले चितवनमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् ।

सरकारले संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै उनले आफूहरु नजितुञ्जेलसम्म लडिरहने बताए । ‘बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ,’ सोही क्रममा उनले भने । 

तत्कालै निर्वाचन हुन नसक्ने बताउँदै उनले जसपाले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरेको बताए ।

यो पनि