जेठ ०२, २०८१, बुधबार
               

बिहीबार देशव्यापी आमहड्ताल गर्ने प्रचण्ड–नेपाल (नेकपा) केन्द्रीय संघर्ष समितिको निर्णय

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–नेपाल (नेकपा) को केन्द्रीय संघर्ष समितिले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । सो पक्षीय नेकपाले बुधबार पत्रकार सम्मेलनमार्फत् सो जानकारी दिएको हो । 

सोपक्षीय नेकपाले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको जनाएको छ। सो पक्षीय नेकपाले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारी शपथ गराइएको भन्दै भत्र्सना पनि गरेको छ ।

आमहड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहे पनि अत्यावाश्यक सेवा भने बन्द नहुने  सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए ।आमहडतान गर्नु आफ्नो बाध्यता भएको सो क्रममा उनले बताए । बुधबार बेलुका काठमाडौैंमा मसाल जुलुस पनि निकाल्ने बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि