बैशाख १७, २०८१, सोमबार
               

पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १२ जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ। मंगलबार बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको मृत्यु भएको हो । 

सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको तथा अन्य तीन स्थानका घटनामा आफ्नै निवासस्थानमा उनीहरुको शव भेटिएको प्रहरीले बताएको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० मा दिनेश तामाङको बसले ठक्कर दिँदा मंगलबार बिहान मृत्यु भएको जनाउँदै प्रहरीले सोमबार साँझ झापाको शिवसताक्षी नगरपालिका–१ का राजकुमार लिम्बू र गौरादह नगरपालिका–४ का होमप्रसाद उप्रेतीको सवारी दुर्घटनामा ज्यान गएको बताएको छ।

सर्लाहीको कौडेना गाउँपालिका–२ र मलंगवा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि