बैशाख १४, २०८१, शुक्रबार
               

‘संवैधानिक अंगहरुले करकापमा काम गर्नुपर्ने स्थिति आउनुहुँदैन’

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव समूह (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक अंगहरुले कसैको करकापले काम गर्नुपर्ने स्थिति आउन नहुने बताएका छन् ।

मंगलबार पार्टीको फेसबुक पेजमार्फत लाइभमा आएका उनले सो कुरा बताएका हुन् ।सो क्रममा उनले संवैधानिक निकायलाई करकापमा परेर काम गर्ने अवस्था आउन नदिन जनताले रक्षा गर्ने बताए ।

वैधानिकता दाबी प्रक्रियाअगाडि बढाएको बताउँदै उनले बहुमतका आधारमा आफ्नो समूह नै वैधानिक हुने दृढता प्रकट गरे । ‘केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष भनेर जसरी पत्र लेखेको छ । त्यसलाई निश्चय पनि उपयुक्त मान्न सकिने ठाउँ छैन । संविधान र राजनीतिक दल सम्बन्धी ऐन मुताविक छैन,’ प्रवक्ता श्रेष्ठले भने ।

केन्द्रीय कमिटी बैठकको निष्कर्षका आधारमा करिब दुईतिहाइ हस्ताक्षरसहित आधिकारिकताको हक दाबी गरिसकेको उनले बताए । ‘तर, सर्वोच्च अदालत र निर्वाचन आयोगजस्तो संवैधानिक निकायले कानुन निरुपण गर्नुपर्ने हुन्छ,’  श्रेष्ठले भने ।

यो पनि