बैशाख २४, २०८१, सोमबार
               

विवाद निरुपण नभएसम्म चुनाव हुँदैन: झलनाथ खनाल

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रको विवाद निरुपण नभएसम्म चुनाव नहुने बताएका छन् । 

मंगलबार निर्वाचन आयोगमा आधिकारिकताको दावीपत्र बुझाउने क्रममा नेता खनालले सञ्चारकर्मीसँग सो कुरा बताएका हुन् । 

‘दल ऐन, तथ्य र प्रमाण हेरेर आयोगले आफूहरुलाई आधिकारिकता दिनेमा शतप्रतिशत विश्वस्त छौँ,’नेता खनालले भने, ‘नेकपाको केन्द्रीय समितिमा रहेका ४४१ जनामध्ये अत्यधिक बहुमत झन्डै ७० प्रतिशत हाम्रो समूहमा छ । केन्द्रीय कमिटको तेस्रो र चौथो बैठकमा पनि सोही संख्यामा उपस्थित भएर हामीले निर्णय गरेका छौँ।’

पुष्पकमल दाहाल ' प्रचण्ड' र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको उनको भनाइ छ । निर्वाचनका खेलाडी दल भएको बताउँदै उनले खेलाडीलाई तयारी नगरिकन निर्वाचन नहुने बताए । 

आफूहरु बहुदलीय व्यवस्थामा भएको बताउँदै उनले दलसम्बन्धी समस्या निरुपण नभइकन निर्वाचन सम्पन्न हुन नसक्ने बताए । ‘दलहरु नै निर्वाचनका खेलाडी हुन्। खेलाडीलाई तयारी नगरिकन कुनै निर्वाचन हुँदैन। यो कुरा निर्वाचन आयोगले बुझेको छ,उनले भने,’ दलहरुको बारेमा जे खालको विवाद उत्पन्न भएको छ त्यो कुराको निरुपण गर्नु पहिलो कुरा हो।’ सोही क्रममा उनले अहिले नेकपा फुटिनसकेको बताए । ‘राजनीतिक रुपमा नेकपा दुई खेमा भएको, तर कानुनीरुपमा फुटेको छैन,’ उनले भने, ‘ओली समूह पार्टीको एक टुक्रा मात्र हो ।’

ओली समूहले आधिकारिकता माग गरे पनि सो विषयको निर्क्यौल निर्वाचन आयोगले गर्ने उनले बताए ।सोही क्रममा उनले सानो समूहले वैधानिकता प्राप्त गर्न नसक्ने बताउँदै केपी शर्मा ओलीको समूहलाई सानो टुक्राको संज्ञा दिए । 


कस्तो लाग्यो ?

यो पनि