बैशाख ३१, २०८१, सोमबार
               

ओलीलाई साधारण सदस्यबाट हटाउने दाहाल-नेपाल (नेकपा)को निर्णय

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

प्रचण्ड-नेपाल समूह (नेकपा)काे केन्द्रीय समिति बैटकले केपी ओलीलाई साधारण सदस्य नरहने र विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । 

बबरमहलको कार्की व्यांकेटमा भएको केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाउने स्थायी कमिटीकाे निर्णयलाई अनुमोदन गरेको केन्द्रीय सदस्य हेमकुमार राईले नेपाल फ्ल्यासलाई जानकारी दिए । 

यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । 

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण पनि सोधिएको थियो । तर, ओलीले स्पष्टीकरण दिएका छैनन् । 

पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् एकताताका कायम रहेका दुई अध्यक्ष, सचिवालय सदस्य, स्थायी समिति सदस्य, केन्द्रीय कमिटीका सदस्यदेखि देशभरका सो पार्टीका नेता तथा कार्यकर्ता विभाजित छन् ।


कस्तो लाग्यो ?

यो पनि