बैशाख २८, २०८१, शुक्रबार
               

कांग्रेसका नेता हरिहर आचार्यको निधन

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित भई काठमडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ६८ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

कोरोना संक्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए । आचार्यको पछिल्लो पाँच दिन भेन्टिलेटरमा उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारको क्रममा आइतबार निधन भएको उनका कान्छा भाइ युवराज आचार्यले जानकारी दिए । 

उनको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशाङ्क कोइरालाले आचार्यको पार्थिव शरीरमा पार्टीको  झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

यसैगरी विघटित प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वसांसद डा. रामबहादुर बिसी, नेपाल मेडिकल एशोसिएशनका पूर्वअध्यक्ष डा. मुक्ति श्रेष्ठलगायत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । आचार्य लामो समयदेखि कांग्रेसको राजनीतिमा थिए । 

यो पनि