बैशाख २८, २०८१, शुक्रबार
               

ओली नेता किन्ने ध्याउन्नमा छन् : नेपाल

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ओली पक्षका २० सांसदले आफूलाई सहयोग दिने बताएका छन् । 

आइतबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई संबोधन गर्दै उनले प्रतिनिधिसभा पुनर्स्थापना भए ओली पक्षमा लागेका २० सांसद्ले आफूहरुलाई साथ दिने बताएका हुन् ।

यसका अलवा उनले अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति लगाएर नेता कार्यकर्ता आफूतिर तान्ने कोसिस गरिरहेको बताए । 

‘सतिसाल झै दृढताका साथ उभिने र कहिले यता त कहिले उता गर्ने मानिस पार्टीमा छन्,’ उनले भने, ‘राम्रा मान्छेहरुलाई तान्ने प्रयास गर्नुपर्छ ।तर, प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भने हामी २० जना साथ दिन तयार छौं भनेका छन् । ’

ओली पक्षले देखाएको प्रस्ताव केहीले अस्वीकार गरेको बताउँदै उनले ओली मान्छे किन्ने ध्याउन्नमा लागेको बताए ।  ‘एक जनालाई किन्न गएछन् , उनले म विकाउ माल हो ? भनेर झपारिदिएछन् । अर्कोलाई मन्त्री बनाइदिन्छु भनेछन्, उनले ए म लोभमा पर्ने मान्छे हो भनेछन्’ नेता नेपालले अघि भने, ‘एक जनालाई हेर्नुस् दिदी बाटामा हिँड्दा केही भयो भने के गर्ने ? भन्दा मलाई धम्की दिन्छौँ भनेपछि भागेछन् ।’

प्रतिनिधिसभा विघटनसँगै  नेकपा यतिखेर दुई धारमा छ । जसमध्ये एक धारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्को धारको नेतृत्व दाहाल र नेपालले संयुक्त रुपमा गर्दै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि