
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले गरेको एक कार्यक्रमलाई संबोधन गर्दै उनले संसद् पुनर्स्थापनाले देशको गतिरोध अन्त्य नहुने बताएका हुन् ।
‘अहिलेको गतिरोध निर्वाचनले मात्रै अन्त्य गर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘जननिर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि उत्पन्न परिस्थितिलाई निर्वाचनले मात्र हल गर्न सक्छ ।’ सो क्रममा उनले ताजा जनादेशमा जान सबै राजनीतिक शक्ति तयार हुनुपर्ने बताएका छन् ।
सरकार निर्धारित समयमै निर्वाचन गराएर मुलुकलाई निकास दिन तयार रहेको बताउँदै उनले सडक आन्दोलनबाट मुलुकले निकास नपाउने जिकिर गरे ।