बैशाख २२, २०८१, शनिबार
               

कांग्रेसले अदालतको निर्णय जहिले पनि स्वीकार्छ : कोइराला

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय सुनाए कांग्रेस त्यसैलाई मानेर निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । 

नेपाल प्रेस युनियन सर्लाहीले शनिबार गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । लोकतान्त्रिक पार्टी कांग्रेसले अदालतको निर्णय जहिले पनि स्वीकार गर्ने उनको भनाइ छ । प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचन भन्ने सम्बन्धमा अदालतले चाँडो निर्णय दिनुपर्ने उनले बताए । 

नेता कोइरालाले संसद् पुनस्र्थापना नहुने र आगामी वैशाखमा निर्वाचन पनि नहुने अवस्थाको सिर्जना भए देशमा द्वन्द्व उत्पन्न हुने खतरा रहेको उनले बताए । ‘संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएकाले कांग्रेस सँधै यसको विपक्षमा नै उभिन्छ ।’

यो पनि