जेठ ०१, २०८१, मंगलबार
               

प्रधानमन्त्रीको स्वागत अस्वीकार गरेका मुख्यमन्त्री प्रचण्ड-नेपाललाई स्वागत गर्न पुगे एयरपोर्ट

नेपाल फ्ल्यास
माघ १७, २०७७

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली (फाइल फोटो)
ADVERTISEMENT

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा प्रचण्ड माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको स्वागतमा उपस्थित भएका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुग्दा मुख्यमन्त्री भट्ट ओलीको स्वागतमा आएका थिएनन् ।

‘गुटको भेला’मा आएको भन्दै प्रधानमन्त्री ओलीको स्वागत गर्न अस्वीकार गरेका मुख्यमन्त्री भट्ट प्रचण्ड र नेपालको स्वागतमा भने खटिएका हुन् ।

गत पुस २४ गते सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा (जनसभामा) सम्बोधन गर्न ओली आएका थिए । तर मुख्यमन्त्री भट्टले स्वागत नगरेपछि उनको चर्को आलोचना भएको थियो ।

तर अहिले एउटा गुटकै कार्यक्रमका लागि आएका प्रचण्ड र नेपाललको स्वागतका लागि मुख्यमन्त्री भट्ट धनगढी एयरपोर्ट पुगेपछि फेरि उनको आलोचना भएको छ ।

नेकपा प्रचण्ड–नेपाल पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले प्रतिनिधि सभा विघटनविरुद्ध आज धनगढीमा विरोध सभा आयोजना गरेको छ । 

माधवकुमार नेपाल हिजो नै धनगढी पुगेका हन् । नेपाललाई स्वागत गर्न मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिम प्रदेशका मन्त्रीहरू धनगढी एयरपोर्ट पुगेका थिए ।

अर्का अध्यक्ष प्रचण्ड पनि धनगढी पुग्दै छन् । उनको स्वागतका लागि मुख्यमन्त्री भट्टसहितको समूह फेरि धनगढी एयरपोर्ट पुगेको छ ।

यो पनि