बैशाख २३, २०८१, आइतबार
               

वैशाखमा चुनाव गराउने ओलीको सपना अधुरै रहन्छ : अध्यक्ष नेपाल

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद् विघटनको विरोध गर्ने क्रममा बुटवल पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्माको चुनाव हुन्छ भन्ने भविष्यवाणी असफल हुने बताएका छन् ।

नेपालले २०६२/६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनी दिएको अभिव्य स्मरण गर्दै उनले सो कुरा बताएका हुन् । 

‘१५ वर्षअघि २०६२–६३ को आन्दोलनका बेला पनि ओलीले गरेको बयलगाडाको भविष्यवाणी असफल भएको थियो’ नेपालले भने, ‘उहाँले समयको गति र प्रवाह बुझ्न सक्नुहुन्न, उहाँ समयको पछि लतारिने मान्छे हो, त्यसैले अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ ।’

संसद् विघटनको विरोधमा प्रदर्शन गर्ने क्रममा नेपालसहित दाहालगयात नेता बुटवल पुगेका थिए । 


कस्तो लाग्यो ?

यो पनि