जेठ ०४, २०८१, शुक्रबार
               

ओलीलाई सुधार्नु भनेको बालुवा पेलेर तेल निकाल्नुजस्तै हो: अध्यक्ष नेपाल

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको मुखबाट जनताको बहुदलीय जनवाद निस्कनुः बेकार कुरा भएको बताएका छन् । मंगलबार ताप्लेजुङमा भएको एक कार्यक्रमलाई  संबोधन गर्ने क्रममा नेता नेपालले सो कुरा बताएका हुन् ।

उनले भने, ‘जबज भनेको पार्टीको लोकतान्त्रीकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको र ओलीसँग यी कुनै पनि आँचरण नभएकाले जबजसँग उहाँको साइनो छैन ।’ त्यस्तै, नेपालले केपी ओली नेकपाको अध्यक्ष नरहेको बताएका छन् । ‘ओलीलाई अध्यक्षबाट हटाइएको छ,’ उनले भने, ‘४४१मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन् ।’ 

ओलीलाई नेकपाको नामसमेत नलिन चेतावनी दिँदै नेपालले भने, ‘यदि, अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’

निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उनी अध्यक्ष नरहेको नेपालको भनाइ छ । त्यसैगरी, उनले केपी ओलीलाई नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि नेपालले आग्रह गरे । ‘सूर्य पाउन आशा नगर्दा हुन्छ । बयलबाडा लिएर गए हुन्छ’, उनले भने, ‘वामदेव गौतमले ओलीलाई सुर्धाछु भन्नु बालुवा पेलेर तेल निकाल्ने कुरा उस्तै हो ।’ 

केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाउँदै उनले जनताको बहुदलीय जनवाद (जबज)सँग ओलीको साइनो सम्बन्ध नभएको बताए ।

यो पनि