जेठ ०८, २०८१, मंगलबार
               

सरकार कोभिडविरुद्धको लडाइँमा विजयोन्मुख छ : अर्थमन्त्री पौडेल

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार कोभिडविरुद्धको लडाइँमा विजयोन्मुख रहेको बताएका छन् । मंगलबार ६९ औँ भन्सार दिवसको अवसरमा एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

‘हामी कोभिडविरुद्धको लडाइँमा विजय उन्मुख छौँ पछिल्लो समय आएका परीक्षण नतिजाले यस्तै भन्छ,’ पौडेलले भने, ‘खोप अभियान सकिएपछि नेपालको अर्थतन्त्र थप चलायमान हुन्छ ।’

त्यसैगरी, उनले भन्सार चुहावट रोक्न उद्योगी व्यवसायीले सहयोग गर्नुपर्ने बताउँदै  व्यापार सहजीकरणका लागि भन्सार प्रशासनले निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने बताए । न्यून बिजकीकरण र चुहावट न्यूनीकरणका लागि सघाउन पनि उनले निजी क्षेत्रसँग आग्रह गरे । 


कस्तो लाग्यो ?

यो पनि