चैत १६, २०८०, शुक्रबार
               

प्रधानमन्त्री ओलीविरुद्ध औंलो ठड्याउने प्रतिपक्ष चाहिएको छ: कांग्रेस नेता पौडेल

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

विराटनगर । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री सच्चिनुपर्ने कांग्रेसको लाइन भएको बताएका छन् । 

आइतबार वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले लिएको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावाद भएको बताउँदै उनले कांग्रेसको लाइन अब ओली सच्चिनुपर्ने भएको बताएका हुन् । संसद् पुनर्स्थापनाका लागि कांग्रेस आफ्नै एजेन्डामार्फत् जानुपर्ने उनको भनाइ थियो । 

‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावादको बाटो लिएकाले सच्चिनु पर्ने निर्णय नै कांग्रेसको लाइन हो,’ पौडेलले भने, ‘यो पार्टीको लाइन छोड्ने आफैँ बेलाइन भएर जान्छ ।’

त्यसैगरी, उनले सर्वोच्चमा सेटिङ गर्ने प्रधानमन्त्रीले चुनाव कस्तो गराउलान् भनी शंका व्यक्त गरे । ‘सर्वोच्च अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ ?,’ उनले भने, ‘पाँच वर्षका लागि म्यान्डेट दिएका जनतालाई धोका दिँदै संविधानलाई कुल्चेर गरेको चुनाव स्वीकार्छौं ?’  त्यसैगरी, उनले अदालतले 

त्यसैगरी, पौडेलले अदालतको पवित्रतामाथि पनि प्रश्न उठाए । ‘अदालतको पवित्रताको दुहाइ नदिऔं,’ उनले भने, ‘अदालतले अहिले जनताको आवाज र संविधान सुन्नु पर्छ र संविधान हेरेर फैसला गर्नु पर्छ ।’

प्रतिनिधिसभा विघटन राजनीतिक निर्णय भएकाले पुन:स्थापनाको मुद्दा खारेज गर्न पनि उनले माग गरे ।  उनले भने, ‘अदालतलाई धम्क्याउने प्रधानमन्त्री ओलीविरुद्ध औंलो ठड्याउने प्रतिपक्ष चाहिएको छ । प्रतिपक्षले अदालतको निर्णय कुरेर बस्ने होइन ।’

यो पनि