मंसिर ०७, २०८१, शुक्रबार
               

बुधबार ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्दै वामदेव गौतम

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राजनीतिक रुपमा विभाजन भएको नेकपालाई पुनः एकतामा ल्याउन ‘पार्टी एकता राष्ट्रिय अभियान’ सुरु गर्ने भएका छन् ।

उपाध्यक्ष गौतमले माघ १४ गते (बुधबार) ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बिहान ११ बजे औपचारिक कार्यक्रम गरी पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेका हुन् ।

अभियानका बारेमा सबै कुरा सोही कार्यक्रममा घोषणा हुने गौतमनिकटका नेता हरि पराजुलीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ । गौतमलाई दुवै समूहले उपाध्यक्षमा राखे पनि उनी कुनै समूहमा पनि सक्रिय भएका छैनन् ।

विभाजनलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका बहुमत केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गरेका छन् ।

त्यस्तै अर्को समूहको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यको विस्तार गरेर १५ सय १ जनाको बनाएका छन् ।

दुवै पक्षले आफू आधिकारिक नेकपा रहेको दाबी गरे पनि निर्वाचन आयोगले यस विषयमा निर्णय गरिसकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि