बैशाख २२, २०८१, शनिबार
               

संसद विघटन असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद छैन : कोइराला

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले माधव नेपाल र प्रचण्डलाई तह लगाउन प्रतिनिधिसभा विघटन नगरेको बताएका छन् । 

कञ्चनपुरको महेन्द्रनगरमा कंग्रेसले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै शनिबार उनले सो कुरा बताएका  हुन् ।‘केपी ओलीको वैशाखमा चुनाव गराउने सफा नियत छैन,’ सो भेलालाई संबोधन गर्दै नेता कोइरालाले भने, ‘प्रतिनिधिसभा विघटन अराजनीतिक र असंवैधानिक हो । तसर्थ  संसद् पुनर्स्थापनाको विकल्प छैन ।’

त्यसैगरी, उनले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको पनि उनले बताए । उनले भने, ‘ असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न छाड्दैन ।’

यो पनि