बैशाख २३, २०८१, आइतबार
               

ओलीसँग अब साइबर सेना मात्रै रहनेछन : भुसाल

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव समूह  नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब साइबर सेना भनिने साइबर स्याल र सेटिङ मात्र बाँकी रहेको बताएका छन् । 

संसद विघटनको विरोध गर्दै आएको सो समूहका दोस्रो पुस्ताका नेता भनी चिनिने भुसालले शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

उनले अघि भने, ‘यो अदालत तपाईंको सेटिङका कारण डराएर तपाईंको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाईं गलत हुनुहुन्छ ।’ यसका अलवा उनले अब ओलीका लागि पराजयभन्दा अर्को विकल्प नभएको बताएका छन् । 
सेटिङले जसुसी उपान्यासमा मात्र काम गर्ने भन्दै उनले आफूहरुको आन्दोलनले ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने बताए ।

प्रधानमन्त्री ओलीले संसद् विघटनका कारणबारे प्रसंग निकाल्दै ओली भएको छोरो मारेर पुन: छोरो प्राप्तिका लागि पूर्णिमाको ब्रत बसको बताए ।

संबोधनका क्रममा उनले आफू नेतृत्व पार्टी नातावाद तथा कृपावादबाट टाढा रहने पनि बताए ।

यो पनि