जेठ ०८, २०८१, मंगलबार
               

ओलीले सूर्य चिन्ह पाउँदैनन्, जबजको कुनै साइनो पनि छैन : माधव नेपाल

नेपाल फ्ल्यास
माघ ०९, २०७७

फाइल फोटो
ADVERTISEMENT

सुर्खेत । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । ओलीको एकलौटी पनले देशलाई अफ्ठेरोमा पारेको उनले आरोप लगाए ।

शुक्रबार बिहान प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘ओलीलाई देशको चिन्ता छैन, संविधानको चिन्ता छैन । जनताको चाहनामाथि खेलबाड गर्नेकाम ओलीबाट भएको छ ।’ साथै नेता नेपालले ओलीको पक्षमा जनता धेरै नरहेको भन्दै बिहीबार गरिएको कार्यक्रमको प्रसंशा गरे ।

उनले भने, ‘ओलीको कदम कत्तिको ठिक हो भन्ने कुरा हिजो कर्णालीले पुष्टि ग¥यो नी ! उनले संविधानमाथि ‘कु’ गरेका छन्, अब जनता जाग्नुपर्छ ।’

नेता नेपालले नेकपाको आधिकारिकता आफूहरुमै निहीत रहेको दाबी गरेका छन्  । ‘हामी आधिकारिक हौँ, दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटी, स्थायी कमिटी हामीसँगै छ, तत्काल हामी केपी अ‍ोलीलाई साधारण सदस्य समेत नरहने गरेर हटाउँछौँ । उनले सूर्य चिन्ह आफ्नो भएको पनि दावी गरेका छन् ।

नेपालले भने,‘ जति सूर्य चिन्हको माया हामीलाई छ, त्यती ओलीलाई छैन । पार्टीको विधान हेर्नेुहोस्, जसरी भएपनि सूर्य चिन्ह हाम्रो हुन्छ । रातारात केन्द्रीय कमिटीमा संख्या बढाउँदैमा नेकपा र सूर्य चिन्ह ओलीले पाउँदैनन् ।’

'ओलीसँग जबजको कुनै साइनो छैन'

यसैबीच, अध्यक्ष  नेपालले केपी शर्मा ओलीसँग जनताको बहुदलीय जनवाद (जबज) सँगको कुनै पनि साइनो नभएको बताए । नेपालले लोकतन्त्राको मूल्य मान्यतालाई कुल्चिने मान्छे कसरी जबजको पक्षधर हुन्छ ? भन्दै प्रश्न गरे ।

‘उहाँले जनताको बहुदलीय जनवाद कहिले मान्नुभयो ? जबजको कुरा अहिले गर्नुहुन्छ । पार्टी एकताको बेला जबज सिन्द्धात आफैं नमान्ने भनेर हस्ताक्षर उहाँले नै गरेको हैन ?,’ अध्यक्ष नेपालले भने ।

‘जबजले के भन्छ ? लोकतन्त्राका मुल्यमान्यता आत्मसाथ गर, बिनम्र होउ, अरुको विश्वास जित, विधि र पद्धति अनुसार चल, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई पालना गर भन्छ,’ उनले भने, ‘अव तपाईंहरु आफैं भन्नुस, ओलीले यी कुरा कहाँनेर लागु गरे । अनि यस्तो मान्छेसँग जबजको साइनो रहन्छ ?’

‘पार्टी र संसदले पत्याउन नसक्ने अवस्था आएपछि संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने काम भयो,’ उनले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्ने ओली देशका लागि सबैभन्दा ठूलो समस्या हुन् ।’

प्रधानमन्त्री ओलीमा देखिएको सत्ता र शक्तिको उन्मादका कारणले देशमा संकट नित्याएको अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्नेलाई देश र पार्टीको नेतृत्व गर्ने अधिकार नभएको बताए ।


कस्तो लाग्यो ?

यो पनि