सप्तरी। नेकपा ओली समूहका नेता महेश बस्नेतले मधेशवादी दलमा ठूलो पहिरो जाने बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको नेकपामा प्रवेशको लहर बताउँदै उनले सो कुरा बताएका हुन् ।
सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजित युवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘केही दिनभित्रै एउटा नयाँ समाचार सुन्नुहुनेछ । मधेशवादी दलमा निक्कै ठूलो पहिरो जानेछ । भुइँचालो जानेछ । र, नेकपामा प्रवेशको लहर आउनेछ ।’
पुस ५ मा संसद विघटनसँगै नेकपामा दुई धार देखिएको छ । सोपश्चात् नेपाली राजनीतिले फरक धार लिएको छ ।