असोज ०६, २०८१, आइतबार
               

कांग्रेसको रणनीति : प्रदेशसभाको विषयमा मौन बस्ने

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल-माधव पक्षीय नेकपाले  प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पेस अविश्वास प्रस्तावको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल सुरु गरेको छ ।

दुवै प्रदेशमा निर्णायकको रुपमा देखा परेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार प्रदेश १ का नेताहरुसँग आफ्नै निवासमा छलफल गरेका हुन् ।

छलफलमा अविश्वास प्रस्तावमा मौन बस्ने, प्रतिपक्षी दल भएकाले अविश्वास प्रस्तावलाई समर्थन गर्ने र प्रदेशअनुसार विशेषता फरक भएकाले त्यसको निर्णय गर्ने अधिकार सम्बन्धित प्रदेशलाई नै दिने निष्कर्ष भएको कांग्रेस उच्च स्रोतले जानकारी दियो । 

प्रदेश १ र बागमती प्रदेशको प्रदेशसभा बैठक आजै बोलाइएको छ । कांग्रेस मौन बसेर ओली पक्षलाई समर्थन गरेमा अविश्वासको प्रस्ताव फेल हुनेछ । यस्तो अवस्थामा थप एक वर्ष नपुग्दै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पाइने छैन ।

सो छलफलको निष्कर्षअनुसार प्रदेश १ को विषयमा के गर्ने भन्ने आजै हुने सम्भावना रहेको कांग्रेसले बताएको छ । त्यसैगरी, देउवाले आगामी ९ गते प्रदेश ३ का नेता तथा सांसदसँग छलफल गर्ने कार्ययोजना छ । सो छलफलमा आएको रायको आधारमा आगामी १३ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट ठोस निर्णय गर्ने कांग्रेसको तयारी रहेको एक नेताले बताए ।

यो पनि