जेठ ०५, २०८१, शनिबार
               

विप्लव समूहका धर्मेन्द्र बाँस्तोलाई ६ दिन हिरासतमा राखिने

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्डर इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई ६ दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएसँगै उनलाई सो अविधसम्म हिरासतमा राखिने भएको हो ।

त्यस्तै, महानगरीय प्रहरी परिसर, ललितपुरले बास्तोलासँगै पक्राउ परेका विवेक कुमाल र रोजन रखालविरुद्ध एक साताको म्याद थप भएको छ ।

बाँस्तोलाविरुद्ध तीन कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार उनीमाथि नख्खुमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी २०७५ साल फागुनमा भएको बम विष्फोटनलगायत मुद्दामा अनुसन्धान भइरहेको छ ।

विप्लव समूह नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ । सोही कारण सो समूहका नेता तथा कार्यकर्ता केही समययता पक्राउ पर्दै आएका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि