जेठ ०४, २०८१, शुक्रबार
               

ओलीलाई प्रचण्डको जवाफ : ‘उपलब्धिको हत्या भएको छ, हामी हाँस्न सक्दैनौं’

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपलब्धिहरुको हत्या भएको बेला आफूहरु हाँस्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै प्रचण्डले संविधानको हत्या भएको भन्दै जोकरले देखाएको जस्तो व्यवहारले कोही हाँस्न नसक्ने बताए ।

आइतबार अनेरास्ववियू बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई भने, ‘तपाईंको उल्टो खोपडी देखेर भाव व्यक्त गरेको मात्र हुँ, जति कमिक गर्नुछ, गर्नुस् ।’

प्रतिनिधिसभा विघटनसँगै प्राप्त उपलब्धि गुम्न लागेको भन्दै उनले गणतन्त्र, समावेसी, धर्मनिरपेक्षता लगायत प्राप्त उपलब्धिको रक्षाका लागि सबैलाई एकजुट हुन आव्हान गरेका छन् ।

यसअघि हिजो (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जोकर भन्ने पुष्पकमल दाहाल प्रचण्डलाई कडा शब्दमा जवाफ दिएका थिए । काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले 'मान्छे नहँसाएर रुवाउँदै हिँडुँ त ?' भन्ने प्रश्न समेत गरेका थिए ।

‘उहाँहरुलाई बडा चिन्ता लागेछ, दुःख लागेछ, केपी ओली मान्छे हसाउँछ, मान्छे हँसाएर हिँड्छ’, ओलीले भने, ‘अनि के मान्छे मार्दै, विधवा बनाउँदै, टुहुरा-टुहुरी बनाउँदै, दुनियालाई रुवाउँदै हिँडु त म ?’ ओलीले आफूले देशको अनुहारमा मुस्कान ल्याउन चाहेको बताएका थिए ।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली जोकरजस्तो बनेको र सभा समारोहका नाममा प्रहसन गर्दै हिँडेको आरोप लगाएका थिए ।

यो पनि