बैशाख १३, २०८१, बिहीबार
               

आफूलाई 'जोकर' भन्ने प्रचण्डलाई ओलीको कडा जवाफ

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जोकर भन्ने पुष्पकमल दाहाल प्रचण्डलाई कडा शब्दमा जवाफ दिएका छन् ।

शनिबार काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले 'मान्छे नहँसाएर रुवाउँदै हिँडुँ त ?' भन्ने प्रश्न समेत गरे ।

‘उहाँहरुलाई बडा चिन्ता लागेछ, दुःख लागेछ, केपी ओली मान्छे हसाउँछ, मान्छे हँसाएर हिँड्छ’, ओलीले भने, ‘अनि के मान्छे मार्दै, विधवा बनाउँदै, टुहुरा-टुहुरी बनाउँदै, दुनियालाई रुवाउँदै हिँडु त म ?’

उनले आफूले देशको अनुहारमा मुस्कान ल्याउन चाहेको बताए । ‘हाम्रा,बालबालिका, किशोर, किशोरी, युवा, बाआमा, मजदुर किसानका अनुहारमा मुस्कान ल्याउन चाहान्छु’, उनले भने । उनले सरकारले त्यसका लागि काम गरेको समेत बताए ।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष प्रचण्डले ओली जोकरजस्तो बनेको र सभा समारोहका नाममा प्रहसन गर्दै हिँडेको आरोप लगाएका थिए । सोही आरोपको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् ।

उनले प्रचण्डमाथि विभत्स क्रियाकलाय गरेर दृश्य हेरेर जनता रुवाएको आरोप लगाए । उनले जनता हाँसेको किन पीर परेको भन्दै प्रश्न गरे ।

उनले माधव प्रचण्डले देशबासीलाई रुवाउन खोजेको बताउँदै आफूहरुले रुवाउन नदिने बताए । ‘रुवाउन खोजेका थियौँ, सक्दैनौँ, सकेनौँ, रुवाउन दिइने छैन’, उनले भने ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा जान खोज्दा देश डुब्यो भन्ने भ्रम चलाएको आरोप लगाए ।


कस्तो लाग्यो ?

यो पनि