बैशाख २३, २०८१, आइतबार
               

प्रचण्ड-माधवमाथि सुवास नेम्वाङको टिप्पणी : 'मलाई अचम्म लागेको छ'

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले राजनीतिक स्थिरताका लागि सरकार पाँच वर्ष चल्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता नेम्वाङले राजनीतिक स्थायित्वका लागि सरकार पाँच वर्ष चल्नुपर्ने बताएका हुन् ।

शनिबार काठमाडौंमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै नेता नेम्वाङले निर्वाचनका बेला जनतामा जाँदा आफूहरुले सरकार पाँच वर्ष चल्ने विश्वास दिलाएको बताए ।

‘हामीले भन्यौ, यो अस्थिरतालाई समाप्त गर्छौं, पाँच वर्ष चल्ने सरकार ल्याउछौँ, सरकार ५ वर्ष चलेर जनताको सेवा गर्छ, तपाईंहरु मत हालेर पठाउनुहोस भनेर हामीले भनेका हौंँ’, उनले भने ।

जनताले केपी ओलीको आह्वानमा उनलाई नै प्रधानमन्त्री मानेर निर्वाचनमा जिताएर पठाएको दावी गरे । उनले यो कुरालाई स्वीकार गर्न समेत आग्रह गरे ।

उनले सरकारले जनताको पक्षमा काम गर्दा केही तत्वलाई पाच्य नभएको समेत उल्लेख गरे ।

'मलाई अचम्म लागेको छ'

नेता नेम्वाङले विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल समूहले पार्टीको अध्यक्ष तथा दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेललाई हटाएको सुन्दा अचम्म लागेको बताए ।

नेम्वाङले पार्टीको अध्यक्ष र महासचिवलाई बैठकबाट हटाउनेहरुले विधि र प्रक्रियाको कुरा गरेकोमा आफू अचम्ममा परेको समेत बताए । उनले प्रचण्ड-माधवमा ओलीविरोधी मानसिकता र पदको लोभमात्रै भएको टिप्पणी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशनमार्फत नयाँ पुस्तालाई नेतृत्व सुम्पने र आवधिक चुनावपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने अडान लिएकै कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका छन् ।

ओली स्थिरता र जनमतको पक्षमा रहेको भन्दै नेता नेम्वाङले अहिलेको समस्या प्रचण्ड-माधवको पदलोलुपताले निम्त्याएको दाबी गरे ।


कस्तो लाग्यो ?

यो पनि